काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोनाविद्धको दुवै डोज खोप

0

काठमाडौं : काठमाडौँ उपत्यकामा ४० प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । असोज ४ गतेसम्म काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौँमा ४१ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको दुवै डोज लगाइसकेका छन्।

यस्तै सरकारले असोज अन्तिमसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाइसक्ने जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चैत अन्तिमसम्म सबै नागरिकलाई दुवै डोज खोप लगाउने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

हालसम्म बागमती प्रदेशमा मात्रै २९ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको दुवै डोज लगाइसकेको मन्त्रालयले जनाएको छ ।

सरकारले दशैंसम्म एकतिहाई नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.