गुल्मीमा पहिराेले पुरिएर एकै परिवारका ३ जनाकाे मृत्यु

0

गुल्मीमा मंगलबार रातिको भिषण बर्षा कारण पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा पहिरो जाँदा स्थानीय तिलक परियारका तीन छोरीको मृत्यु भएको हो ।


मृत्यु हुनेमा २१ बर्षकी भावना र १४ बर्षका जुम्ल्याहा गंगा र जमुना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

राती करिब एक बजे घरमाथिबाट पहिरो आएपछि सुतिरहेका उनीहरुको पुरिएर मृत्यु भएको हो । घरका अन्य ब्यक्तिहरु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । नेपाली सेना र नेपाल प्रहरीले पुरिएकाहरुको शव निकालेको छ ।

Leave A Reply

Your email address will not be published.