एकीकृत समाजवादीको प्रदेश एक संसदीय दलको नेतामा राजेन्द्र राई चयन

0

काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रदेश एक संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।

सोमबार बिहान विराटनगरमा बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता छानेको हो । एकीकृत समाजवादीले दलको मान्यता पाएपछि बसेको संसदीय दलको पहिलो बैठकले राईलाई नेता चयन गरेको हो ।

प्रदेश एकमा एमालेका १० जना प्रदेश सभा सदस्यले समाजवादी पार्टी रोजेका थिए । संसदीय दलको नेता चयन भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री भीम आचार्यलाई आफ्नो समर्थन नभएको पत्र संसद सचिवालयले पठाउने तयारी गरेको छ ।

दश सांसदले एमाले छाडेपछि आचार्य अल्पमतमा छन् । उनी एमाले विभाजित नहुँदाको अवस्थामा भदौ १० गते मुख्यमन्त्री बनेका थिए । उनले असोज नौ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

एक नम्बर प्रदेशसभामा ९२ सदस्य छन् । सबैभन्दा ठुलो दल एमालको सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।

Leave A Reply

Your email address will not be published.