नेपालमा फाइजर खोपले पायो प्रयोगको अनुमति

0

काठमाडौं : औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको विभागले जनाएको छ ।

सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको विभागको भनाइ छ ।

कोभ्याक्स सुबिधामार्फत आउने खोप १२ वर्ष उमेर समूमाथिकालाई दिने तयारी छ । कोभ्याक्स सुविधा अन्तर्गत केही दिनमै एक लाख मात्रा फाइजर खोप आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाएका छन् ।

Leave A Reply

Your email address will not be published.