एमालेको विधान अधिवेशनमा ३ हजार प्रतिनिधि बनाउन प्रस्ताव

0

काठमाडौं : नेकपा एमालेले विधान अधिवेशनमा भाग लिने प्रतिनिधिहरूका बारेमा छलफल गरेको छ । ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकमा विधान अधिवेशनको बिभिन्न एजेण्डामध्ये प्रतिनिधिका बिषयमा छलफल भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

देशभरबाट करीब तीन हजार प्रतिनिधि हुने प्रस्ताव आएको उनले बताए ।  केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, विशेष कमिटी, जनसंगठन, स्थानीय तहका प्रतिनिधिलगायतबाट प्रतिनिधि गराउने विषयमा छलफल भएको उनले बताए ।

त्यस्तै उनले एमसीसीका बारेमा सरकारको धारणा सार्वजनिक भएपछि एमालेको धारणा सार्वजनिक हुने बताए । सत्ता गठबन्धनले सदनमा टेबुल नगरि यस बिषयमा बोल्नु हतार हुने उनले बताए । उनले केही संशोधनसहित यसलाई अघि बढाउन आफुहरु सकारात्मक रहेको बताए ।

त्यस्तै भट्टराईले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको जिकिर गरे । यसअघि प्रचार बिभाग प्रमुखले नै पार्टी गतिविधिका बारेमा जानकारी गराउने प्रावधान रहेकाले आफुले त्यही भूमिका निर्वाह गरेको र अहिले प्रवक्ता ज्ञवाली नै रहेको उनले बताए । एमालेको बैठकले नै प्रवक्ता ज्ञवाली नै रहने वा आफू हुने भन्ने निर्णय गर्ने उनको भनाइ छ । 

Leave A Reply

Your email address will not be published.