पूर्वराजदुत एवं व्यवसायी रुक्मशमशेर राणाको निधन

0

काठमाडौं : पूर्वराजदुत एवं व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । राणाको काठमाडौँको बत्तिसपुतलीस्थित निवासमा ८६ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।

राणा पछिल्लो समय मिर्गौला, सुगर र प्रेसर लगायतका रोगबाट प्रताडित थिए । राणा डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक थिए । उनकै पहलमा डाबर नेपाल भारतीय संयुक्त लगानीमा स्थापित भएको थियो ।

राणाले राष्ट्रिय खेलकुद परिषदको दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । राणा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहेका थिए । उनी एनओसीको वर्तमान मानार्थ अध्यक्ष समेत थिए ।

उनी सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत समेत बनेका थिए । राणा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाको कान्छा छोरा हुन् ।

Leave A Reply

Your email address will not be published.