प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवसाँ फातिमाले भेट गरेकी हुन् ।

सुमारसँगको भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाका विषयमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले आर्थिक रुपान्तरणसहित नेपाल र अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेको पनि बताएका छन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने सरकारको योजना रहेको एमसीसी उपाध्यक्ष फातिमालाई जानकारी गराएको बताइएको छ ।

एमसीसी परियोजना स्वीकृत गर्ने या नगर्ने विषयमा विवाद भइरहेको बेला नेपाल आएको एमसीसीको टोलीले शीर्ष नेताहरुलाई भेट गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.