एमसीसीको बिरोधमा जनप्रगतिशील मोर्चा बेल्जियमको ज्ञापनपत्र

0

अमेरिकी सहयोगको परियोजना “एमसीसी” को विरोधमा नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले नेपाली दूतावासमा बिरोध जनाएकोछ । १० सेप्तेम्बर शुक्रबार मोर्चाको एक प्रतिनिधि मन्डलले बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी मार्फत एमसीसी खारेज गर्न माग गर्दै ज्ञापन पत्र हस्तानतरण गरेको छ । मोर्चाले ज्ञापनपत्रमा भनेको छ् – नेपाली जनताले खारेज गरेको राष्ट्रघाती नेपाल सरकारले संसदबाट एमसीसी पारित गर्ने षडयन्त्र गर्दै राष्ट्रघात र नेपाली जनताको वाक स्वतन्त्रता माथि अंकुश लगाउने धम्की दिए पछी विश्वभरका देशभक्त र क्रान्तिकारीहरु आन्दोलित भएका छन ।

नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेख गुरुङको नेत्रित्वमा नेपाली दूतावास, ब्रसेल्स पुगेको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्रमा ‘एमसीसी कुनै एक सामान्य अमेरिकी परियोजना नभएर यो अमेरिकी सैन्य रणनिती इन्डोप्यासिफिक स्ट्रयाटेजीको एक अभिन्न अंग हो भनेकोछ ।

यसले नेपालको सार्वभौम सत्ता माथि हस्तक्षेप गर्ने, नेपालको असंलग्न परराष्ट्र निती माथि प्रभाव पार्दै नेपाललाई द्धन्दमा फसाउने हुनाले यो परियोजनाको खारेजी अनिवार्य भएको छ । यो परियोजना लगानिको हिसाबले सानो भए पनि अमेरिकाले नेपालको संसदबाट नै पारित गराउन पर्ने, त्यस अभियानलाई प्रभाव पार्ने उद्धेश्यले परियोजना पुर्वाधारकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणले पनि परियोजनालाई अमेरिकाले दिइरहेको महत्वको बारेमा बुझ्न सकिने उल्लेख गरेको छ ।

नेपाली जनताको न्यायीक आवाजलाई दमन गर्ने उद्देश्यका साथ मिती २०७८-०५- १८ गते गृह मन्त्रालयबाट जारी गरिएको उक्त विज्ञप्ती प्रती संगठनको ध्यानाकर्षण भएको, नेपाली जनताको संघर्षबाट प्राप्त लोकतन्त्र र अभिव्यक्ती स्वतन्त्रताको सम्मान गर्न पनि नेपाल सरकारलाई आग्रह गरेको छ ।’

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलले ‘नेपाली जनताले खारेज गरेको र भोली देशलाई गम्भीर द्वन्दमा फसाउने षड्यन्त्र भएको परियोजनालाई नेपालका नेताहरुले संसदबाटै वैधता दिनु खोज्नु लज्जाको बिषय हो । देशमा एमसीसी विरुद्ध आन्दोलन र संघर्ष चलेको छ । देशको सार्वभौम सत्ता माथि हस्तक्षेप हुनथाले पछी प्रवासी नेपालीहरुले पनि सशक्त आवाज उठाउनु पर्ने बेला भएको छ’भनेका थिए ।

Leave A Reply

Your email address will not be published.