काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए‚ पराजुलीलाई मन्त्रालय तानियो

0

काठमाडौं : गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।

मन्त्रालयका सहसचिव गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

रिजाल गृह मन्त्रालयको प्रशासन शाखामा कार्यरत थिए । रिजालसँग दाङ र मकवानपुर जिल्लामा सीडीओ भएर काम गर्दाको अनुभव छ ।

गत मंसिरमा कालीप्रसाद पराजुलीलाई काठमाडौंको सीडीओको जिम्मेवारी दिएको हो । एक वर्ष नबित्दै उनलाई सरुवा गरिएको हो । 

Leave A Reply

Your email address will not be published.