काठमाडौं : संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जना मृत अवस्थामा फेला परेका छन् ।
सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ सदस्य मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
घटनाकाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।