काबुलमा महिलाहरुको प्रदर्शनमा तालिवानको दमन

0

एजेन्सी : अफगानिस्तानमा राजनीतिक अधिकारको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनमा तालिबानले दमन गरेको छ । काबुल र हेरातमा महिलाहरुले गरेको प्रदर्शनमा तालीबानले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेर दमन गरेको हो ।

तालिबानको दमनका कारण दर्जनौ महिला घाइते भएका छन् । काबुलमा भएको प्रदर्शनमा तालिबानले पेपर स्प्रे पनि प्रहार गरेको थियो ।

महिलाहरुको समूह राष्ट्रपति भवन तर्फ जानका लागि पुल तर्दै गरेका बेला तालिबानले हस्तक्षेप गरेको हो ।

महिलाहरुले तालिबानको सरकारमा महिला अधिकार र महिला सहभागिता हुनुपर्ने भन्दै नारावाजी गरेका थिए ।

तालिबानले महिलालाई केही हदसम्म अधिकार दिने तर मन्त्री पद नदिने घोषणा गरेपछि महिलाहरु प्रदर्शनमा उत्र्रेका हुन् ।

२५ वर्ष पहिले तालिवानको शासन रहँदा महिलालाई अधिकारबाट बञ्चित गरिएकाले पुन त्यस्तै अवस्था नआओस भनेर केही दिनदेखि अफगानिस्तानमा महिलाहरुले प्रदर्शन गरिरहेका छन् । माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने अफगान महिलाहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.