कल्याण गुरुङद्वारा कांग्रे‍स सभापतिमा उम्मेद्वारीको घोषणा

0

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर नेता गुरुङले आसन्न १४ औ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

सभापतिको उम्मेदवारी घोषणा गर्दैै गुरुङले काँग्रेसको संरचनामा वडादेखि केन्द्रीय सभापतिलाई व्यवस्थित बनाउने दाबी गरे ।

उनले आफुले सभापति पदमा जितेमा पटक पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुन पाउने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटकभन्दा बढी समय प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्ने दाबी गरे ।

यसअघि कांग्रेस सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् । महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक नेतृत्वमा दोहोरिने इच्छा देखाएका छन् । 

कांग्रेस केन्द्रीय महाधिवेशन ९-१३ मंसिरसम्म हुने कार्यतालिका तय भएको छ । 

Leave A Reply

Your email address will not be published.