काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हट्यो

0

काठमाडौं : काठमाडौं उपत्यकाका बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको हो ।

‘निषेध’ शब्दलाई हटाएर भाद्र मसान्तसम्मका लागि आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

उनले स्वास्थ्य मापदण्डहरु पालना गरेर क्रियाकलाप सञ्चालन गर्न सक्ने मोडालिटीमा प्रशासन गएको पनि बताए ।

उनले अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको तर गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने जानकारी दिए । त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू पनि सञ्चालन गर्न पाइने उनले बताए ।

ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म गर्न पाइने प्रशासनले जनाएको छ । त्यस्तै जात्रा, पर्व, महोत्सव, भोज भतेर भने गर्न नपाईने प्रशासनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.