ज्ञानेन्द्र र ओली गएपनि कुर्सीको खेल जारी नै छ : बाबुराम भट्टराई

0

काठमाडौं : पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अझैपनि कुर्सीको खेल जारी रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

ज्ञानेन्द्र र ओली गए पनि कुर्सीको खेल जारी नै रहेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

जसपा नेपालका नेता समेत रहेका भट्टराईले ट्विट गर्दै अहिले पनि भारत तथा खाडी पस्ने युवाहरूको लर्को रहेको तथा कमिसनखोरको खेलो नसकिएको भन्दै चिन्ता जनाएका छन् ।

यि सबै कुराको अन्त्यका लागि बैकल्पिक शक्तिको आवश्यकता भट्टराईले औल्याएका छन् ।

छिमेकीको हैकम, जयसिंह धामीको बेपत्ता, छाउपडी, छोइछिटो र मधेसी, थारू, जनजातिको पहिचानको खोजी बैकल्पिक शक्तिले मात्रै गर्न सक्ने उनको भनाइ छ ।

No description available.
Leave A Reply

Your email address will not be published.