एनआरएनए युरोप युबासंयोजकमा रोबर्ट लिम्बुको उम्मेद्बारी

0

गैर आबासीय नेपाली संघको दशौ महाधिबेशनमा युबा स्कलर रोबर्ट लिम्बुले ‘युरोप युबा संयोजक’ पदमा उम्मेवारि दिने घोषणा गरेकाछन । पोर्तुगललाई कार्यक्षेत्र बनाएका लिम्बु एनआरएनए पोर्तुगलको कार्यसमिति सदस्य, संरक्षक र सल्लाहकारको भूमिकामा रहेर संगठनको अन्तर्य र आवश्यकता बुझेका युबा हुन ।

युरोपमा नेपाली युबाहरु आएर पलायन हुने र त्यस क्रममा बिबिध समस्या झेल्नु पर्ने अवस्था बुझेका लिम्बुले सबैको साझा र अबिभाबक संस्थाको रुपमा स्वीकार्य संगठनले युबा लक्षित कार्यक्रमहरु मार्फत संगठनलाई युबाहरु सँग जोड्ने अभियानलाई तिब्रता दिनु पर्ने चारदिशालाई बताएका छन ।

युरोपमा रहेका नेपाली युवाहरुको प्रतिनिधित्व गरि गैरआवासीय अभियानमा युवाहरुको उर्जा, सीप, ज्ञानको उपयोग गर्दै योगदान पुर्याउने हेतुले अग्रजहरु, अभियान्ताहरु र समकालिन मित्रहरुसंगको सुझाव र सरसल्लाहमा युरोप युवासंयोजकमा उम्मेदवारी दिन तयार भएको र आफ्नो लगनशिलता, संस्थागत सकृयता र इमान्दारिताको मुल्याङ्कन गरिदिन पनि लिम्बुले अनुरोध गरेकाछन ।

सामाजिक एकता र सामुदायिक भाबनालाई बढाबा दिन एनआरएनएको साझा बिरासतलाई प्रयोग गर्नु पर्नेमा , यस भित्रको शक्तिलाई खल्बल्याउने काम हुन थालेको र त्यसको दोष राजनितिक संगठनलाई थोपरेर समस्याको समाधान नहुने उनको तर्कछ । बामपन्थी राजनितिक बिचार सँग नजिक रहेका लिम्बु सामाजिक संस्थाको सामाजिक चरित्रमा दाग लाग्ने काम जसले गरे पनि स्वीकार्य नहुने बताउछन । राजनितिक चेतना हुनु र त्यसको दुरुपयोग गरिनु फरक कुरा हुन भन्दै, एनआरएनको फोरमलाई सबै प्रबासी नेपालीहरुको उन्नति र प्रगतिका साथै मातृभूमीको सम्ब्रिद्धीको लागि साझेदारी गर्न प्रयोग गर्ने अठोट गरेकोछु, उनको भनाईछ ।

युरोपका प्रतिष्ठित विश्वबिद्यालयको ज्ञान र अनुभब प्राप्त नेपाली नयाँ पुस्तालाई नेपालसँग जोड्ने बलियो संरचना भएको संस्था एनआरएनए भएको यथार्थ बुझ्नु आजको अबस्यकता हो , तसर्थ एनआरएनएमा युबा आवाज लाई सम्मान गर्ने बातावरण बनाउन आफुले युरोप युबा संयोजकको जिम्मेवारि लिन चाहेकोले परिवर्तनकामी आम एनआरएनहरुलाई लिम्बुले बिशेष अनुरोध गरेकाछन ।

Leave A Reply

Your email address will not be published.