एनआरएनए मध्यपुर्ब युबा उप-संयोजक पदमा निराजन खत्रीको उम्मेद्बारी

0

गैर आबासीय नेपाली संघको आगामी दशौ महाधिबेशनमा मध्यपुर्ब क्षेत्रको युबा उपसंयोजक पदमा निराजन खत्रीले उम्मेद्बारी घोषणा गरेकाछन । हाल क्षेत्रीय समन्वय परिषद युएईका उपाध्यक्ष रहेका खत्री एनआरएन अभियानमा युबाहरुको उपस्थिती बलियो बनाउन र युबा प्रतिभाको उपयोग गरेर संस्थागत सुधार गर्न आफुले युबा उपसंयोजकको जिम्मा लिन चाहना राखेको बताउछन ।

युबाहरुमा एनआरएनए प्रति निराशा बढ्दै गएकोले संगठनको छबि सुधारेर युबाहरुको आकर्षण बढाउने गरि आफुले कार्ययोजना तय गरेको र मध्यपुर्बका एनआरएनहरुबाट त्यसले अनुमोदन पाउने विश्वाश लिएको छु , उनी भन्छन । एनआरएनएका परोपकारी काममा सकेको सहयोग गरेको र आगामी दिनमा पनि संगठनको कल्याणकारी परिचय चम्काउने गरि मध्यपुर्बका नेपालीहरु सँग मिलेर काम गर्ने उनको योजना छ ।

खेलकुद, ब्यायम र योगाको माध्यमबाट स्वास्थ्य र सोचमा सुधार गर्न सकृय रहेका खत्री एनआरएन अभियानमा पनि नयाँ सोच र नयाँ नेत्रित्व आबस्यक देख्छन । आगामी कार्यकालमा एनआरएन अभियान दुई दशकमा पुग्दै गर्दा श्रम र सिपको सम्मान हुने एनआरएन बनाउने चुनौती रहेको स्वीकार्दै सोही अनुसार युबा सोच र नेत्रित्व चयन गर्न पनि खत्रीले अनुरोध गरेका छन ।

Leave A Reply

Your email address will not be published.