जापान र अमेरिका पठाइदिन्छु भन्ने पक्राउ

0

काठमाडौं, ६ भदौ । वैदेशिक रोजगार कसुर मुद्धामा १ वर्ष ६ महिना कैद १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएका फरार अभियुक्त ललितपुर उपमहानगरपालिका–१८ मंगलबजार बस्ने ३७ वर्षीय प्रविण श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार पुतलीसडकबाट पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणको २०७१ पुष ६ गतेको फैसलाले उनलाई सजाय तोकेको थियो । प्रहरीले फैसला कार्यान्वयनको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा श्रेष्ठलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाएको छ । श्रेष्ठले आकर्षक बैदेशिक रोजगारका लागि प्रेम श्रेष्ठबाट ७ लाख र सम्झना साखबाट ४ लाख रुपैयाँ लिई पीडितहरुलाई कुनै रोजगारीमा नपठाई रकम ठगी गरेका थिए । काठमाडौं जिल्ला अदालतले पीडित जाहेरवालाहरुलाई ठगी गरेको बिगो रकम र ५० प्रतिशत हर्जना समेत गरी १६ लाख ५० हजार भराई दिने फैसला गरेको थियो ।

Leave A Reply

Your email address will not be published.