फाइजर कोरोनाविरुद्ध एफडीएको पूर्ण स्वीकृति पाउने पहिलो खोप

0

एजेन्सी : कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ । अमेरिकाको स्वास्थ्य सम्बन्धि नियामक निकाय ‘एफडीए’ ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो ।

एफडिएले १६ वर्ष र सो भन्दा माथिको उमेरका लागि पूर्ण स्वीकृति प्रदान गरेको हो । १२ देखि १५ वर्ष उमेर समूहका लागि भने यो खोपले अझै पनि आपतकालीन प्रयोगको लागि मात्रै अनुमति दिइएको छ ।

झण्डै ४४ हजार मानिसमा गरेको अध्ययनको नतिजापछि खोपलाई पूर्ण स्वीकृति प्रदान गरिएको एफडिएले जनाएको छ । यो खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९१ प्रतिशत प्रभावकारी देखिएको छ ।

यसअघि यो खोपलाई आपतकालीन प्रयोग अनुमति मात्रै दिइएको थियो । विश्व स्वास्थ्य संगठनले भने अहिलेसम्म कुनैपनि खोपलाई पूर्ण स्वीकृति दिएको छैन । फाइजरले भने डब्लुएचओसँग स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.