राष्ट्रपतिद्वारा बागमती प्रदेश प्रमुखमा यादव शर्मा नियुक्त

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए ।

यसअघि राष्ट्रपति भण्डारीले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गरेकी थिइन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.