रेलवे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त

0

काठमाडौं : सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेता नियुक्त गरेको छ ।

एमाले समाजवादी निकट युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरन्जन झालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले महाप्रवन्धकमा नियुक्त गरेको हो ।

ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईले केही दिन अघि राजीनामा दिएपछि सो पद खाली थियो ।

नेपालले जनकपुर–जयनगर रूटमा चलाउन भारतबाट दुइटा रेल किनेपनि सञ्चालन गर्न सकेको छैन । रेल चलाउने जनशक्ति नहुँदा अहिलेसम्म रेल अलपत्र रहेको छ ।

एमाले समाजवादी गठन गर्न निर्वाचन आयोगमा निवेदन दिएसँगै सरकारले उनी पक्षकालाई राजनीतिक नियुक्ति दिन थालेको छ ।

बिहीबार मात्रै नेपाल निकट यादवचन्द्र शर्मालाई बागमती प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.