अफगानिस्तानबाट नेपालीको उद्धार गर्न सरकारद्वारा संयन्त्र गठन

0

काठमाडौं : अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयले सहसचिवको नेतृत्वमा संयन्त्र गठन गरेको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव भरतराज पौडेलले संयन्त्र बनाएको जानकारी दिए ।

संयन्त्रले अफगानस्थानका रहेका नेपालीहरु अवस्था बुझेर आवश्यकता अनुसारको उद्धारको कार्य अगाडि बढाउने छ । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा बनाईएको संयन्त्रमा सीसीएमसी, गृह, पर्यटन लगायत आवश्यकका मन्त्रालयका प्रतिनिधि रहनेछन् ।

अफगानिस्तानमा १५ सय नेपाली औपचारिक क्षेत्रमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षमा मात्र अफगानस्तानका लागि एक हजार ७३ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए ।

२०७३/०७४ यता अफगानस्तानमा काम गर्नका लागि ६ हजार ६ सय ३७ नेपालीले स्वीकृति लिएका थिए । यस वर्षको वैशाखदेखि साउन २९ गतेसम्म ३ सय ३० जना श्रम स्वीकृति लिएर अफगानस्तान गएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.