तालिबान विद्रोही काबुल छिर्न थाले

0

एजेन्सी : अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल छिर्न थालेका छन् । राजधानीको चारैतिरबाट आइतबार दिउँसो तालिवान लडाकुहरू काबुल छिर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अफगानिस्तानको सरकारविरुद्ध युद्धरत चरमपन्थी संगठन तालिबानले काबुलबाहेकका सबै प्रमुख शहरुहरु आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको बताइएको छ ।

तालिबानले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेको छ ।

तालिबानले अफगान सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न चेतावनीसमेत दिएको छ ।

यता तालिबान लडाकुहरुले काबुलामा रहेको महत्त्वपूर्ण कारागारलाई नियन्त्रणमा लिएको छन् । अमेरिका सेनाको एयरबेस बग्राममा रहेको महत्त्वपूर्ण एयरबेस नियन्त्रणमा लिएको तालिबानी प्रवक्ताले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकी सेनाले निर्माण गरेको एयर बेस खाली गरेर अमेरिकी सेना फर्किएको थियो ।

Leave A Reply

Your email address will not be published.