हाइटीमा भूकम्प जाँदा कम्तिमा ३ सय बढीको मृत्यु

0

हाइटीमा भूकम्प जाँदा कम्तिमा ३ सय बढीको मृत्यु भएको छ ।

७ दशमलव २ म्याग्निच्यूट मापन गरिएको भूकम्पमा परेर १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म मृत्यु हुनेको संख्या ३०४ रहेको छ भने यो संख्या अझैं बढ्ने अनुमान गरिएको छ ।

क्यारेबियन मुलुक हाइटीको दक्षिण पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर आएको बिनाशकारी भूकम्पमा परेर हजाराैं भौतिक संरचना क्षतिग्रस्त भएका छन् ।

भूकम्पका कारण भवनहरु भग्नावशेषमा परिणत भएसँगै भयवित स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको त्यहाँको सरकारले जनाएको छ ।

सइन्त लुइस दुसुद शहरबाट १२ किलोमिटरको दूरीमा केन्द्रविन्दु भएर सो भूकम्प गएको अमेरिकी भूगर्व विभागले जनाएको छ ।

भूकम्पमा परेर घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने भग्नावशेषमा पुरिएकाहरुको उद्दार जारी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

अधिकांश भवनहरु क्षतिग्रस्त भएकाले घाइते तथा मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री एरियल हेनरीले आपतकालीन अवस्थाको घोषणा गरेर तत्काल मानविय सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

उनले हाइटीमा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपील पनि गरेका छन् । गत महिना राष्ट्रपति जोबले मोइजको हत्या भएपछि राजनीतिक संकट चुलिँदै गएको थियो ।

सन् २०१८ मा पनि ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्पका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।

यसैगरी सन् २०१० मा आएको ७ दशमलव १ म्याग्निच्यूडको भूकम्पका कारण करिब २ लाख मानिसको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.