सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

0

काठमाडौं : सत्तारुढ गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

गठबन्धन कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कार्यक्रम वाचन गरे ।

सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय संकट समाधान गर्ने रहेको कांग्रेस महामन्त्री खड्काले जानकारी दिए ।

कार्यक्रममा कोभिड-१९ का कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्‍चार, यातायात, व्यायामशाला तथा मनोरञ्‍जनलगायत क्षेत्रको उत्थान तथा कोभिड-१९ बाट प्रभावित श्रमजीवी तथा बेरोजगारका लागि विशेष राहत तथा आर्थिक प्याकेजको व्यवस्था गर्ने उल्लेख छ ।

त्यस्तै शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी प्रक्रियाहरू तथा विभिन्न पक्षसँग भएका सम्झौताहरू कार्यान्वयन गर्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.