अफगानिस्तानका रक्षामन्त्रीको निवासमा कार बम विष्फोट, चारको मृत्यु

0

अफगानिस्तानमा बिद्रोही समुह तालीवानले रक्षा मन्त्रीको निबासमा गराएको कार बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । 

घटनाका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहमदी भने घरमा नरहेकाले बच्न सफल भएका छन् । 

घटना लगत्तै रक्षामन्त्री मोहमदीको परिवारलाई सकुशल उद्धार गरिएको छ । रक्षामन्त्रीको निवास परिसरमा बिस्फोट पदार्थ सहतिको कार बिस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बिस्फोटबाट दर्जनौ सवारी साधन ध्वस्त भएका छन् । सोही समय भएको गोली हानाहानमा चार आक्रमणकारी पनि मारिएका छन् ।
यसैबीच संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले अफगानिस्तानमा जारी हिंसा तत्काल अन्त्य गर्न आब्हान गरेको छ ।

अफगानिस्तानमा जारी संघर्षकाबीच चेपुवामा परेका जनता राजधानी काबुल र लश्करगाह शहरका सडक र घरका छानामा बसेर देशमा जारी हिंसा अन्त्य गर्न भवगानलाई पुकार्न थालेका छन् । उनीहरुले एकसाथ आफना घर घरका छानामा बसी अल्लाहको नाम लिन थालेका छन् ।  

Leave A Reply

Your email address will not be published.