सरकारद्वारा ३ सचिवको सरुवा, अर्थसचिवमा मधु मरासिनी

0

काठमाडौं : सरकारले ३ जना सचिवको सरुवा गरेको छ । गत साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा मधु मरासिनीलाई सरुवा गरेको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो । 

मरासिनीले अर्थमन्त्रालयमा लामो समय विताएका थिए । उनी वैदेशिक सहायता सम्बन्धी विज्ञ समेत हुन् । सचिव बढुवा हुनुअघि मरासिनी लुम्बिनीमा थिए । उनी लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव पनि थिए । 

यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै अर्थसचिव बनेका थिए । त्यसअगाडि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै थिए । 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सचिव लक्ष्मण अर्याललाई समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको स्रोतले जनाएको छ । स्वास्थ्य सचिवमा केही समय अगाडि प्राविधिक तर्फका डा रोशन पोखरेललाई बढुवा गरिएको छ । पोखरेलको बढुवा पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सचिव अर्याललाई सरुवा गरिएको हो ।

Leave A Reply

Your email address will not be published.