गैर आबासिय नेपाली संघ नेदरल्यान्डको अध्यक्षमा मिम पुर्जा बिजयी

0

गैर अबासिय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा मिम पुर्जा निर्बाचित हुनु भएकोछ । आज भएको निर्वाचनमा 242 मत ल्याएर पुर्जा निर्बाचित हुनु भएको हो । उँहाका निकटतम प्रतिद्वन्दी राम चन्द्र छेत्री पदमले 189 मत प्राप्त गर्नु भएकोछ ।

बरिष्ठ् उपाध्यक्षमा बिष्णु पौडेल, उपाध्यक्षमा खेमलाल सापकोटा र अमीर गुरुङ एबम महिला उपाध्यक्षमा सीता सापकोटा , कोषाध्यक्षमा शुशिला बानिया , सहकोषाध्यक्ष रेखा घिमेरे महासचिबमा सीता क्षेत्री, सचिबमा पेमा लामा र चन्दा खड्का , महिला संयोजकमा चन्दा खड्का युबा संयोजकमा निरज गुरुङ निर्बाचित हुनु भएकोछ ।

सदस्यहरुमा बिबेक बास्तोला, ज्ञानेन्द्र आले, दिनेश अर्याल, राम रेग्मी , क्षेत्रीय संयोजकमा सञ्जय श्रेष्ठ, सुबाश पराजुली, सुर्य श्रेष्ठ निर्बाचित हुनु भएकोछ । आईसीसी सदस्यमा टिकाराम सापकोटा निर्बाचित हुनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.