कोभिड-१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाइन्छ : उपाध्यक्ष पौडेल

0

काठमाडौं : योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाउने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गर्ने बताएका हुन् ।

उपाध्यक्ष पौडेलले अब नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी  काम गर्ने बताए । 

योजना आयोगसँग प्रत्यक्ष र नियमित रुपमा जोडिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको उपाध्यक्ष पौडेलले बताए ।

उनले आफ्नो बाँकी  कार्यकाल सरकारलाई  उपयोगी हुने काम गर्ने प्रतिज्ञा गरे ।

Leave A Reply

Your email address will not be published.