भुक्तानी नपाएपछि सरकारको ध्यानाकर्षण गराउन उखु किसानहरु काठमाडौंमा

0

काठमाडौं : उखुको बक्यौता रकम भुक्तानी नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन किसानहरु काठमाडौं आएका छन । उखु उद्योगबाट अझै ४१ करोड रकम पाउन बाँकी रहेको भन्दै सर्लाही र नवलपरासीका किसान काठमाडौं आइपुगेका हुन् ।

सम्भव भएसम्म चिनी मिल उद्योगीसँग समेत भेट गरी ध्यानाकर्षण गराउने तयारी किसानको छ । ध्यानाकर्षण गराउदा पनि रकम भुक्तानी नभए पुनः आन्दोलनमा उत्रने उखु किसानको चेतावनी छ ।

सरकारले बक्यौता रकम तिर्न उद्योगीलाई दबाब दिएपनि पूर्ण रुपमा कार्यान्वयन नहुँदा किसान समस्यामा छन् । पटक पटक भएको सहमतिका वावजुद उखु उद्योग सञ्चालकले भुक्तानी नदिएको किसानहरुको गुनासो छ ।

किसानहरुले २०७० सालदेखिकै रकम पाउन बाँकी रहेको छ । किसानलाई सर्लाहीको अन्नपूर्ण सुगर मिलले १२ करोड, महालक्ष्मी सुगरले १२ करोड, इन्दिरा सुगरले ४, श्रीराम र लुम्बिनीले समान ३/३ करोड, बागमती खाँडसरीले ५० लाख दिन बाँकी छ । सरकारी बक्यौता समेत साढे ६ करोड रुपैयाँ रहेको छ ।

Leave A Reply

Your email address will not be published.