जसपाको केन्द्रीय कार्यकारिणी बैठक बस्दै

0

जनता समाजवादी पार्टी जसपाअध्यक्ष उपेन्द्र यादवले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि अध्यक्ष यादवले आज केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएका हुन । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने नेता महेन्द्रराय यादवले बताए ।

आजको बैठकले संसदीय दलको विधान पारित गर्ने र आधिकारिकता पाएसँगै पार्टी कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने नेता यादवले बताए ।

जसपा एक भएपनि संसदीय दलको विधान तयार हुन सकेको थिएन, त्यो विधान कार्यकारिणी समितिमा छलफल गरी पारित गर्नुपर्नेछ ।

कार्यकारिणी समितिको बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने पनि नेता यादवले जानकारी दिए ।

आजै बस्ने संसदीय दलको बैठकले सरकारमा जाने मन्त्रीको विषयमा टुंगो लगाउने उनले बताए । जसपाको आधिकारिकता पाएको उपेन्द्र पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्य र २२ जना सांसद पुगेका छन् ।

Leave A Reply

Your email address will not be published.