गण्डकी प्रदेशमा ६ जना मन्त्री थपिए, लिए शपथ

0

काठमाडौं : गण्डकी प्रदेश सरकारले शुक्रबार पूणर्ता पाएको छ । सरकार गठन भएको एक महिनापछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पौडेलले शुक्रबार नै शपथ गराएकी छिन् । माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापाले वन वातावरण तथा भूसंरक्षणमन्त्रीका रुपमा रुपमा शपथ लिएका छन् ।

त्यस्तै कांग्रेसबाट मेखलाल श्रेष्ठले शिक्षा, मणिभद्र शर्माले पर्यटन र विन्दुकुमार थापाले कानुन मन्त्रीका रुपमा शपथ लिएका छन् ।

यसअघि शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका कुमार खड्काले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यसअघि माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य, जसपाका हरिशरण आचार्यले ऊर्जा र स्वतन्त्र सांसद गुरुङले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

शुरुमा दुई मन्त्रालय पाउने सहमति भएपनि सो अनुसार जिम्मेबारी नपाएको भन्दै जसपाले भने असन्तुष्टि जनाएको छ ।

कांग्रेस, माओवादी, जसपा र राजमोको समर्थनमा नेपाली जेठ २९ गते मुख्यमन्त्री बनेका थिए ।

Leave A Reply

Your email address will not be published.