७ बुँदे माग राख्दै यातायात व्यवसायी आन्दोलित, निकाले र्‍याली

0

काठमाडौं : भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगायतका सात बुँदे माग राख्दै यातायात व्यवसायीहरुले काठमाडौंमा सवारीसाधनसहित बिहीबार र्‍याली निकालेका छन् । उपत्यकाको चक्रपथमा निकालिएको र्‍यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो । ट्याक्सिदेखि सवै प्रकारका सार्वजनिक यातायातको र्‍यालीका ट्राफिक जामको समस्या पनि देखिएको हो । 

सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै विरोध जनाएका हुन् । 

आफुहरुले पटक पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर बिरोधमा उत्रनुपरेको व्यवसायीको भनाइ छ ।  भाडा समायोजन गर्दा बैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको आरोप पनि व्यवसायीले लगाएका छन् । 

त्यस्तै ट्याक्सि व्यवसायीहरुले न्युनतम भाडा बृद्धि गर्नुपर्ने माग गरेका छन् । व्यवसायीहरुले पहिलो चरणको बिरोधको कार्यक्रमबाट पनि आफुहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.