नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको आज ४३ औं स्मृति दिवस

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज मनाइँदैछ । श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो ।

नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गर्दैछन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ललितपुरको च्यासलमा दिउँसो स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ ।

अन्य कम्युनिष्ट पार्टीहरुले स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् । श्रेयठले २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी अभियानमा सक्रिय भएका थिए ।

२०१७ सालमा राजा महेन्द्रद्वारा निरङ्कुश पञ्चायती व्यवस्था सुरु गरेपछि उनले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न संयुक्त जनआन्दोलनको अवधारणा समेत अघि सारेका थिए ।

Leave A Reply

Your email address will not be published.