एनआरएनए बेल्जियमको आगामी कार्यकालका लागि हुने निर्वाचनका उम्मेद्वारहरुको अन्तिम नामावलि

0

गैर आबासिय नेपाली संघ बेल्जियमको निर्वाचन समितीले आगामी कार्यकालका लागि उमेद्वारि दिएका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । जुलाई २५ मा हुने निर्वाचनमा अध्यक्षमा तीन जना अनुजा प्रधान , चेत प्रशाद भट्ट र खड्क बहादुर केसीको उम्मेद्वारी रहेको छ भने दुई आईसिसी पदको लागि चार जना अर्जुन गुरुङ , रोशन जोशी ( भिम ) गंगा शर्मा र हरी भट्टराई उम्मेद्वार हुनुहुन्छ ।

महिला उपाध्यक्षमा सुशिला खतिवडा निर्बिरोध निर्बाचित भैसक्नु भएको छ भने बाँकी दुई पदमा कासी दनै, लालबहादुर गुरुङ , तिर्थ धमला र रमेश सापकोटा उम्मेद्वार हुनुहुन्छ । युबा उपाध्यक्षमा राजेश केसी र शिव सिग्देलको उम्मेद्बारी रहेकोछ ।

महासचिबमा जनकराज सुबेदी र रमेश कंडेल, दुई सचिबका लागि जगदिश सापकोटा,रमेश दाहाल , रुद्रमणि लम्साल र सुबाश भट्टको उमेद्वारि रहेकोछ । कोषाध्यक्षमा कुमार जोशी ( केदार ) र पुष्प नेपाल ( लोकेन्द्र ) र सहकोषाध्यक्षमा बेनी ढुंगाना र सुन्दर पौडेलको उम्मेद्वार हुनुहुन्छ ।

प्रतिस्पर्धी उम्मेद्वारहरु बिच २५ जुलाईमा बेल्जियमका ७ वटा शहरमा एलेक्ट्रोनिक मतदान हुने र निर्बाचित गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको उम्मेद्वारहरुको अन्तिम नामावलि ….

Leave A Reply

Your email address will not be published.