वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

0

काठमाडौं : नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको निधन भएको छ ।

नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा ८५ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

उनलाई तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सको समस्या थियो ।

नेपाली काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका थिए । प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए ।

उनले कवि र साहित्यकारको मुहारचित्र बनाई प्रदर्शन गर्दै आएका थिए ।

उनी राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकवाट सम्मानित भैसकेका छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Leave A Reply

Your email address will not be published.