इराकमा बम विस्फोट, २५ जनाको मृत्यु

0

एजेन्सी : इराकको राजधानी बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर दर्जनौँ घाइते भएका छन् ।

सर्वसाधारण मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहरको ब्यस्त स्थानमा विस्फोट भएको हो । सोमवारको आक्रमणमा मारिनेहरूमा महिला र बालबालिका पनि थिए ।

विस्फोटलाई पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक मानिएको छ । केही पसलहरूमा आगलागी समेत भएको छ ।

विस्फोटको जिम्मा इस्लामिक स्टेट ‘आइएस’ समूहले लिएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो । तर पनि गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए ।

आइएसले अप्रिलमा चार जनाको मृत्यु हुने गरी कार बम हमला गरेको थियो । जनवरीमा आईएसले नै ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि जिम्मा लिएको थियो ।

Leave A Reply

Your email address will not be published.