प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आइतबार बसेको संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रस्ताव गरेका थिए ।

देउवाको पक्षमा १६५ मत पर्दा विपक्षमा ८३ मत परेका थियो भने एक मत तटस्थ रहेको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विपक्षी गठबन्धन बनाएर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटका आधारमा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापित गरेपछि राष्ट्रपतिले आइतबार संसदको बैठक आह्वान गरेकी थिइन् ।

प्रधानमन्त्री देउवाले राखेको प्रस्तावको पक्षमा एमालेकै ओली समूहका १० जना सांसदले मतदान गरेका छन् ।

समग्रमा एमालेका २२ जनाले देउवाको पक्षमा मतदान गर्दा १२ जना नेपाल पक्षका रहेका थिए । नेपाल पक्षका केही नेताहरुले भने संसद बहिष्कार गरेर हिँडेका थिए ।

Leave A Reply

Your email address will not be published.