माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्नू : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री नबनाएको बताएका छन् । अदालतले बहुमत सांसदको समर्थनलाई अनुमोदन मात्रै गरेको उनको भनाइ छ ।
आइतबार संसदमा सम्बोधन गर्ने क्रममा उनले राष्ट्रपतिबाट भेदभाव भएको बताए । १४९ जनाको प्रमाणित हस्ताक्षरसहित गएका आफूहरु र १५३ जनाको समर्थन रहेको भन्ने केपी ओलीको दाबीलाई एउटै कोटीमा राख्ने राष्ट्रपतिको व्यवहार विभेदकारी भएको उनले बताए ।
प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिए । उनले माओवादी आन्दोलन विभाजित नभएको बताउँदै यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गरे ।
प्रचण्डले भने माओवादीलाई हेप्न थाले फेरि आगो सल्किने चेतावनी पनि दिए । प्रचण्डले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ ।’