‘देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा रहँदैनन्’

0

काठमाडौं : नेकपा(एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ । 

आइतबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुमाझ बोल्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएका हुन् ।

त्यस्तै बैठकले आफ्नो पार्टीको विभाजनलाई औपचारिकता दिन प्रधानमन्त्रीले हतार–हतार विश्वासको मत लिन खोजेको निष्कर्ष निकालेको छ । 

बैठकले अदालतको आदेशपछि पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको र यसले एमाले विभाजनलाई औपचारिकता दिन खोजेको निष्कर्ष निकालेको हो ।

प्रवक्ता ज्ञवालीले पार्टी एकताका लागि कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयनका लागि माधव नेपालले अस्वीकार गरेको बताए ।

बैठकले १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए । बैठकमा एमालेका माधव नेपाल पक्षका नेताहरु भने सहभागी भएका थिएनन् । 

Leave A Reply

Your email address will not be published.