प्रधानमन्त्री शेरबहादुुर देउवाले आइतबार नै विश्वासको मत लिने भएका छन् । संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार बस्दै छ ।