दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनमा ७२ जनाको मृत्यु

0

एजेन्सी : पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाको मृत्यु भएको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

प्रदर्शनको क्रममा लुटपाट समेत बढेको बताइएको छ । सोवेतोमा रहेको सपिङ्ग सेन्टरमा सोमबार राति भएको लुटपाटको क्रममा भएको भागदौडका कारण १० जना मारिएका थिए । 

राष्ट्रपति सिरिल रामापोसाले दक्षिण अफ्रिकामा सन् १९९०को दशक यता देखिएको अप्रिय हिंसाका रूपमा पछिल्लो घटनालाई व्याख्या गरेका थिए ।

लुटपाटका घटना जारी रहे प्रदर्शन भइरहेका क्षेत्रहरूमा खाद्य सामाग्रीहरू सकिन सक्ने मन्त्रीहरूले चेतावनी दिएका छन् तर त्यहाँ संकटकाल घोषणा गर्ने सम्भावना भने नरहेको जनाइएको छ ।

प्रहरीलाई सहयोग गर्नका लागि हाल त्यहाँ सेना परिचालन गरिएको छ । दक्षिण अफ्रिकाको प्रहरीले एक विज्ञप्ति जारी गर्दै हिंसा भड्काएको हुन सक्ने १२ जनाको पहिचान भएको जनाएको छ । त्यस्तै १ हजार २ सय ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

Leave A Reply

Your email address will not be published.