नेपाली युबा बैज्ञानिकहरु प्रतिष्ठित अन्तरराष्ट्रिय “हल्ट प्राइज” को प्रतिस्पर्धामा, सहयोगका लागि आग्रह

0

यूबा नेपाली बैज्ञानिकहरुले आबिस्कार गरेको डल्ले च्याउ ( मसरूम ) बनाउने मेशिन युबा विद्यार्थीहरुको ” नोबेल पुरुस्कार” मानिने दश लाख डलरको हल्ट प्राइजमा छनोटमा परेको छ । नेपाली यूबा विद्यार्थी शिशिर पन्त, प्रशान्त भट्ट , निर्देश भट्टराई र सोनी पोख्रेलको टोलीले बनाएको मसरूम मेशिन ” मसुर ” युनाइटेड नेशनन फाउन्डेसन र हल्ट इन्टरन्यासनल बिजनेस स्कुलले प्रदान गर्ने पुरुस्कारका लागि छनोट भएको हो ।

करिब ७०० प्रतिस्पर्धीका आबिस्कारलाई पछि पार्दै वैशाखमा सम्पन्न ‘काठमाडौं इम्प्याक्ट समिट’ नाम दिइएको ‘हल्ट प्राइज’को क्षेत्रीय सम्मेलनमा प्रथम भएको मसुर विश्व भरिबाट छनोट भएका ६९ प्रतिस्पर्धी संगै अगष्ट ८ देखि सेप्टेम्बर १२ सम्म लन्डनमा हुने अन्तिम प्रतिष्पर्धामा सहभागि हुने छ।


लंडनमा हुने अन्तिम प्रतियोगितामा सहभागि हुने तयारी गरि रहेका यूबाहरुले हवाइ यात्रा र अन्य खर्च जुटाउन समस्या भएकोले संसारभरिका गैर आबासीय नेपालीहरुलाई सहयोगका लागि आग्रह गरेका छन । गो फन्ड मार्फत पनि सहयोग जुटाउन थालिएकोमा मंगल्बार सम्म २००० डलर सन्कलन् भएको उनीहरुले बताएका छन । सहयोग गर्न चाहनेहरुले गो फन्ड , ब्यान्क ट्रान्सफर र अन्य बिधीबाट सहयोग गर्न सकिने पनि उनीहरुले बताएका छन ।

नेपाली विद्यार्थी भाईबहिनीहरु अन्तरराष्ट्रिय रुपमा प्रतिष्ठित हल्ट प्राइजमा छनोट भएकोमा खुशी ब्यक्त गर्दै बेलायत नीबासि गैर आबासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले ५०० डलर नगद सहयोग र लन्डनमा उनीहरुलाई आबस्यक पर्ने अन्य ब्यबस्थापकीय सहयोग गर्ने बताएका छन ।
सानो र चिटिक्कको दराजजस्तो देखिने च्याउ यो मेसिन नेपालका गृहणीहरूले भरपुर उपयोग गर्न सक्छन्, उनीहरू र बालबच्चामा देखिएको पोषणको कमीलाई हटाउन र उत्पादन भएको च्याउ बिक्री गरेर आर्थिक अवस्थामा पनि सुधार आउने आशा गरिएको समुहका सदस्य शिशिर पन्तले बताए । चारदिशा सँगको फोन सम्बादमा मध्यम बर्गीय नेपालीहरुको आय आर्जनमा सहयोग पुग्ने, बिदेशबाट आयात गरिने मसरूमको आयात कम गरेर राष्ट्रिय आयमा सहयोग पुग्नेछ ।

नेपालमा व्यवसायिक च्याउ खेती गरिएको भए पनि निकै खर्चिलो हुने गरेकोछ । महँगोमा घर तयार पारी, एसीमार्फत् तापक्रम व्यवस्थापन गरेर च्याउ उत्पादन हुँदै आएकोछ र यहाँको उत्पादनले नपुगेर दुई गुणा बढी च्याउ आयात गर्नुपर्ने अवस्था रहेकोछ आफुहरुको अनुसन्धानमा पत्ता लगाएको उनको भनाइछ ।

मसुरको ब्याबसायिक उत्पादन गर्दा २५ देखि ३० हजार नेपाली रुपैयामा बिक्री गर्न सकिने उनीहरुको योजनाछ । दश लाख डलरको पुरुस्कार जित्न सकेमा ब्याबसायिक किसानहरुलाई आबस्यक पर्ने प्रबिधिको बिकासका लागि काम गर्ने पनि उनीहरुले लक्ष लिएका छन ।

गोफन्डबाट शाहयोग गर्नको लागि लिंक्स

Fundraiser by Shishir Panta : Help Nepali Students attend Hult Prize Accelerator (gofundme.com)

Leave A Reply

Your email address will not be published.