नवनियुक्त ४ मन्त्रीले लिए शपथ

0

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा नेपाली कांग्रेसबाट दुई जना र माओवादी केन्द्रबाट दुई जना सरकारमा सहभागी भएका छन् ।

कांग्रेसबाट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँड मन्त्री बनेका छन् । कार्कीले कानुनमन्त्रायको जिम्मेवारी पाएका छन् । उनी यसअघि अर्थ र जलस्रोत मन्त्री भइसकेका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड गृहमन्त्री बनेका छन् । उनी यसभन्दा अगाडि रक्षा र सिंचाई मन्त्री भइसकेका छन् ।

प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट पम्फा भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाएका छन् । भुषालले उर्जामन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनी यसअघि सामान्य प्रशासन मन्त्री भएकी थिइन् ।

त्यस्तै शर्माले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् । शर्मा यसभन्दा अगाडि उर्जामन्त्री भइसकेका छन् । नवनियुक्त ४ मन्त्रीले पनि शपथ लिएका छन् ।

Leave A Reply

Your email address will not be published.