काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिप्रति नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।
देउवाले नियुक्तिप्रति आपत्ति जनाउँदै शपथ नलिने अडान लिएका छन् । जसका कारण ६ वजेका लागि तोकिएको शपथ लिने कार्यक्रम अझै हुन सकेको छैन ।
आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् । देउवाले विज्ञप्ति सच्याउनुपर्ने अडान राखेका छन् ।