सर्वोच्चको आदेशले शक्ति सन्तुलनको पिल्लरलाई हल्लाइदिने काम गरेको एमालेको निष्कर्ष

0

काठमाडौं : नेकपा एमालेले सर्वोच्चको आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले अदालतबाटै प्रधानमन्त्री चयन गर्ने काम आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको हो ।

बैठकले अदालतको आदेश अनेपेक्षित र त्रुटिपूर्ण भए पनि फैसला कार्यान्वयन गर्ने जनाएको छ ।

त्यस्तै बैठकले सर्वोच्चको आदेशले शक्ति सन्तुलनको पिल्लरलाई हल्लाइदिने काम गरेको निष्कर्ष निकालिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले जुन दिशातिर राजनीति र प्रणालीलाई लैजान खोजिएको छ, त्यसमा एकदमै चिन्तित भएको बताए ।

उनले पछिल्लो अवस्थाका कारण एमाले चिन्तित भएको बताए । एमाले स्थायी कमिटी मंगलरबार पनि बस्ने उनले जानकारी दिए । 

Leave A Reply

Your email address will not be published.