राष्ट्रियसभाको अधिवेशन अन्त्य

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएर राष्ट्रियसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गत असार १७ गतेदेखि राष्ट्रियसभा आह्वान गरेकी थिइन् । अधिवेशन १० दिन चल्न नपाइ अन्त्य गरिएको हो ।

संघीय संसद सचिवालयले राष्ट्रिय सभाका सदस्यलाई जानकारी गराउन सूचना जारी गरेको हो । सोमबारको राष्ट्रिय सभाले मंगलबार दिउँसो ३ बजे बस्नेगरी समय निर्धारण गरेको थियो ।

गत पुसमा प्रतिनिधिसभा विघटन गरिएपछि पनि राष्ट्रिय सभाको अधिवेशन एक हप्तामै अन्त्य गरिएको थियो । त्यतिबेला पुस १७ गते शुरु भएको अधिवेशन चार वटा बैठकपश्चात पुस २६ गते नै अन्त्य गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.