एनआरएनए बेल्जियमको निर्वाचन जुलाई २५ मा हुने, मतदाता नामावली प्रकाशित, ( नामावली सहित )

0

गैर आबासीय नेपाली संघको आगामी कार्यकालको लागि यही जुलाई २५ तारिख निर्वाचन हुने भएको छ । आज मतदाता अन्तिम नामावली प्रकाशित् गर्दै निर्वाचन समितिका प्रमुख एबम संघका केन्द्रिय सहकोषाध्यक्ष लोक दाहालले उक्त जानकारी गराउनु भएकोछ ।

कुल २१६२ जना मतदाताको नामावली एनआरएनए बेल्जियमले निर्वाचन समितिलाई बुझाएको छ । मतदाता सूचि प्रकाशित गर्दै निर्वाचन समितिले निर्वाचन कार्यतालिका छिट्टै प्रकाशित् गर्ने बताएकोछ ।

सम्भब भए सम्म सहमतीय प्रकृयाबाट आगामी कार्यसमिती चयन गर्न समुदायको एकता मातृभूमीको लागि सामुहिक योगदान पुर्‍याउन सहज् हुने भएकोले सबै सामाजिक अगुवाहरुलाई सहमतिको प्रयास थाल्न् पनि निर्वाचन समितीले अपिल गरेकोछ । साथै निर्वाचन समितिका सदस्यहरुलाई कुनै ब्यक्तिको प्रचार प्रसार नगर्न निर्वाचन आचारसंहिता पालन गर्न पनि प्रमुख निर्वाचन आयुक्त दाहालले अनुरोध गर्नु भएकोछ ।

जुलाई १८ तारिख हुने संगठनको अधिबेशन अगाडिनै सहमतिको प्रयास गरिने , सम्भब नभएमामात्र निर्वाचनमा जाने बिभिन्न संघसंस्थाका नेत्रित्वतहका ब्यक्तीहरुले बताएकाछन । गत अधिबेशनमा सर्ब सम्मत नेत्रित्व चुन्न सफल बेल्जियम एनआरएनए सँग यस पटक पनि सर्बसम्मत नेत्रित्व चयन् होस् भन्ने आम सदस्यहरुको चाहना रहेको छ ।

एनआरएनए बेल्जियमको मतदाता नामावली …..डाउनलोड गर्नु होला ..

Leave A Reply

Your email address will not be published.