मध्यावधि निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ता आह्वान

0

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्‍म दल दर्ताको समय दिएको हो ।

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले मतदाताहरुको अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन हुने जनाएको छ । समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते राति प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले अनुमोदन गरेकी थिइन। उनले मन्त्रिपरिषद्को सिफारिसमा कार्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी भएपनि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।

Leave A Reply

Your email address will not be published.