मस्यौदा समितिलाई थप चारदिन

0

काठमाडौं, १ भदौ । प्रदेशहरुको सीमांकनलगायतका विषयमा सहमति खोज्न मंगलबार बसेको शीर्ष नेताहरु सम्मिलित विशेष समिति बैठक निश्कर्षविहीन भएको छ । बिहानदेखि पटक–पटक बैठक बसेपनि सीमांकनको विषयमा कुनै सहमति बन्न सकेन ।
बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानसभाले मस्यौदा समितिलाई चारदिनको समय थप गरेको र बुधबारसम्म विवादित सबै विषयमा सहमति गर्ने दाबी गरे ।
उनले सहमति हुन नसके कुनै विधि अपनाएर भएपनि निष्कर्षमा पुग्ने बताए । यस्तै, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरूबीच भएको सहमतिलाई परिमार्जन गर्ने विषयमा छलफल भइरहेको बताए । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सीमांकनका विषयमा छलफल केन्द्रित रहेको जानकारी दिँदै आन्दोलनकारीहरुको माग नै स्पस्ट नभएको बताए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले सीमांकनको विषय टुंगो लगाउन विभिन्न विकल्पमा छलफल भएको जानकारी दिए । ६ प्रदेशमा सहमति गरेका राजनीतिक दलहरूले विवाद भएपछि परिमार्जनका लागि लगातार छलफलमा जुटिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.