कुनै देशको अत्याचार सैह्य हुँदैन : चिनियाँ राष्ट्रपति सी

0

एजेन्सी : चिनियाँ राष्ट्रपति सी चिनफिङले कुनै देशको अत्याचार सैह्य नहुने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको उपलक्ष्यमा बेइजिङमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

विश्वका हरेक राष्ट्रलाई आफूले समेत समान ब्यवहार गरेको चर्चा गर्दै राष्ट्रपति सीले स्टिलको ठूलो पर्खाल तोडेर कोही प्रवेश गर्न चाहन्छ भने त्यसले ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

राष्ट्रपति सीले अन्य राष्ट्रलाई पनि चीनले अत्याचार नगर्ने स्पष्ट पारे । झण्डै एक घण्टा लामो सीको सम्बोधन अमेरिका लक्षित रहेको थियो ।

सम्बोधनका क्रममा राष्ट्रपति सीले आधुनिक चीन निर्माणमा पार्टीको भूमिका बारे चर्चा गर्दै थप विकासका लागि आफ्नो पार्टी केन्द्रमा रहने विश्वास व्यक्त गरेका छन् ।

बेइजिङस्थित तियनामेन स्क्वायरमा आयोजित विशेष कार्यक्रममा ७० हजार भन्दा बढी नागरिक सहभागी भएका थिए । हजारौंको भिडकाबीच कार्यक्रम जारी रहेको र अधिकांशले माक्स नलगाएको भन्दै चिन्ता जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.